Close This

नेपाल रेडक्रस सोसाइटी बाइसी बिचवाको सभापतिमा पुन: घिमिरे

शुक्रबार पौष ३०, २०७८/ Friday 01-14-22
Paschim Today

धनगढी,३० पुस । नेपाल रेडक्रस सोसाइटी बाइसी बिचवा कञ्चनपुरको सभापतिमा पुन: बालकृष्ण घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा बाइसी विचुवाको १० औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट शर्मा  सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।

घिमिरेको नेतृत्वमा ११ सदस्य कमिटी चयन गरिएको छ । जसको उप सभापतिमा उषा रोकाया, सचिवमा शेर बहादुर विक, सह सचिवमा गोपाल काफ्ले निर्विरोध निर्वाचित भएका हुन् ।

यस्तै कोषाध्यक्षमा पदम देउवा, सह कोषाध्यक्षमा साहुकार राना चयन भएका हुन् । सदस्यमा गंगा गुरुङ, भूपेन्द्र अधिकारी, सेवाराम राना,छविलालसुवेदि,र लुकास बोन्जन तामाङ निर्विरोध निर्वाचित भएका हुन् ।