अग्रपंक्तिमा खटिनेलाई माघ २ देखि बुस्टर डोज

शुक्रबार पौष ३०, २०७८/ Friday 01-14-22
Paschim Today

काठमाडौँ,३० पुस ।  सरकारले माघ २ गतेदेखि अग्रपंक्तिमा खटिनेहरुका लागि बुस्टर डोज खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरुलाई पत्र लेखी अग्रपंक्तिमा खटिनेहरुलाई माघ २ गतेदेखि र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज खोप दिन आग्रह गरेको छ ।

पहिलो र दोस्रो मात्रा जुन खोप लगाएको छ, बुस्टरमा पनि त्यही खोप दिइने मन्त्रालयले जनाएको छ । पूर्णमात्रा खोप लगाएको ६ महिना पूरा भइसकेकालाई मात्र बुस्टर डोज दिइनेछ ।