Close This

लगानीमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट

सोमबार माघ ३, २०७८/ Monday 01-17-22
Paschim Today

धनगढी,३ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जग्गाको सहज उपलब्धता सँगसँगै सुरक्षाको प्रत्याभूति र कानुनमा देखिने झमेलाको सहजीकरण गर्न सकेमा लगानीमैत्री वातावरण बन्ने बताएका छन् ।

गैरआवसीय नेपाली सङ्घ (एनआरएन)का अध्यक्षसहितका पदाधिकारीको सहभागितामा आज धनगढीमा भएको अन्तरक्रियामा मुख्यमन्त्री भट्टले नेपालमा विकास र लगानीको मोडेल (प्रारुप)मा एकरुपता नहुँदा पनि लगानी मैत्री वातावरण बन्न नसकिरहेको बताए ।

प्रदेशमा पर्यटन, कृषि, ऊर्जा, उद्योगलगायत क्षेत्रमा लगानी गर्न सकिने सम्भावना औँल्याउँदै उनले भने, “प्रदेशमा अहिलेसम्म कसैबाट पनि लगानी गरिएको छैन, लगानीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।” मुख्यमन्त्रीले अहिलेसम्म नेपालमा र खासगरी सुदूरपश्चिम प्रदेशमा गरिएको सहयोगप्रति एनआरएनलाई धन्यवाद दिए ।

विदेशमा रहेका नेपालीको संस्था एनआरएनले नेपालमा भूकम्प, कोभिड–१९ जस्ता विपत्तिको समयमा विभिन्न सहयोग उपलब्ध गराउँदै आएको छ ।

संस्थाले नेपालमा कोरोना भाइरसका सङ्क्रमितको उपचार व्यवस्थापनका लागि प्रयोगमा आउने अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्टेटरलगायत सामग्रीको सहयोग गरेको जनाइएको छ । आज मात्रै एनआरएनले धनगढी उपमहानगरपालिका मार्फत रगत संकलन गर्ने बस नेपाल रेडक्रस सोसाइटी कैलालीलाई हस्तान्तरण गरेको छ ।

 

 
लगानीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट

लगानीमैत्री वातावरण सिर्जना गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री भट्ट https://paschimtoday.com/news-details/50476/2022-01-17

Posted by Paschim Today on Tuesday, January 18, 2022