Close This

खप्तड क्षेत्रमा सुटिङ भएको ‘को होला त्यो २’ सार्वजनिक(भिडियोसहित)

शनिबार माघ ८, २०७८/ Saturday 01-22-22
Paschim Today

धनगढी, ८ माघ । सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तड क्षेत्रमा छायांकन भएको ‘को होला त्यो २’ म्युजिक भिडिओको सार्वजनिक भएको छ।गत भदौमा सुटिङ भएको चार मिनेट लामो सो म्युजिक भिडियोमा मोडेल पल शाह र कृष्टिना थापाले अभिनय गरेका छन्।

सो म्युजिक भिडियो शुक्रबार सुनिल गिरीको युट्बमार्फत सार्वजनिक गरिएको हो। सो म्युजिक भिडियोले मोडल, पर्यटकीय क्षेत्र, शब्द्ध र लयका कारण अत्याधिक दर्शकको माया पाउने विश्वास गायक गिरीको छ। अहिले फिमेल भर्सन सार्वजनिक गरेको र चाँडै अर्को भर्सन पनि आउने छ गिरीले बताए ।

सो गीतमा सुमन गुरुङको स्वर रहेको छ। गीतको शब्द र संगित गायक गिरीकै रहेको छ भने म्युजिक भिडियोको छायांकन र निर्देशन अनिल के मानन्धरले गरेका हुन्। यसअघि गत असोजमा खप्तडमै सुटिङ भएको जीवन फुल्ने मेरो लहरा सार्वजनिक भएको थियो। 

१० दिन लगाएर सुटिङ गरिएको को होला त्यो र जीवन फुल्ने मेरो लहरा गीतको छायांकनमा १५ लाख खर्च भएको म्युजिक भिडियोका निर्माता समेत रहेका गायक सुनिल गिरीले बताए। गायक गिरी १२ जना काठमाडौ र १० जना बझाङबाट लिएर गत भदौ २५ गते खप्तड पुगेका थिए।