Close This

सज्जा चौलागाईंको ‘हाँसे तिम्रै लागि’ सार्वजनिक

सोमबार फागुन २, २०७८/ Monday 02-14-22
Paschim Today

काठमाडौं,२ फागुन ।चर्चित गायिका सज्जा चौलागाईंको स्वरमा रहेको नयाँ म्युजिक भिडियो ‘हाँसे तिम्रै लागि’ सार्वजनिक भएको छ ।

प्रणय दिवसको अवसर पारेर सोमबार एमनटीभी इन्टरटेनमेन्टको अफिसियल यूट्युव च्यानलबाट नयाँ म्युजिक भिडियो ‘हाँसे तिम्रै लागि’ सार्वजनिक भएको हो ।

उक्त गीतमा हरी लम्सालको शब्द तथा संगीत रहेको छ भने भिडियोमा विकाश लामिछाने र सजेना क्षेष्ठले अभिनय गरेका छन् । 

उत्सव दाहालले छायाङ्कन गरेको भिडियोको विकास दाहालले सम्पादन र सुवर्तराज आचार्यले निर्देशन गरेका छन् ।गायिका चौलागाईं नेपाल आइडल सिजन–३ की बिजेता हुन् । यो उनको पहिलो अफिसियल रेकर्डिङ्ग हो ।