Close This

‘कबड्डी ४’ को 'केशरी' गीत सार्वजनिक

सोमबार फागुन २३, २०७८/ Monday 03-07-22
Paschim Today

बहुप्रतिक्षित फिल्म ‘कबड्डी ४’ को ‘केशरी’ गीत सार्वजनिक भएको छ।सोमबार युट्युबमा गीत सार्वजनिक भएको हो। गीतमा नायक दयाहाङ राई, सौगात मल्ल र नायिका मिरुना मगरको त्रिकोणात्मक प्रेम सम्बन्ध देखाउन खोजिएको छ।

गीतमा एस डी योगीको स्वर तथा संगीत छ भने गीतको शब्द राम अविरल विष्टले लेखेका हुन्।यसअघि फिल्मको प्रदर्शन मिति वैशाख २३ गते भनिएता पनि स्थानीय तहको निर्वाचनका कारण देखाउँदै जेठ १३ का सारिएको थियो।

चलचित्रमा सौगात, मिरुना, दयाहाङका साथमा बुद्धि तामाङ, विजय बराल आदिको अभिनय रहेको छ।चलचित्रको निर्देशन रामबाबु गुरूङले गरेका छन्।कबड्डी फिल्मका यसअघिका सिक्वेल बक्स अफिसमा धेरै नै सफल भएका थिए। निर्माण पक्षले यस भागलाई सिक्वेलको अन्तिम भाग भनेको छ।