Close This

एनआरएनए बैठक अप्रिल अन्तिम साता भर्चुअलमाध्यमबाट हुने

सोमबार बैशाख ५, २०७९/ Monday 04-18-22
Paschim Today

गैरआवासीय नेपाली संघ (एनआरएनए) को बैठक अप्रिल महिनाको अन्तिम साता बस्ने भएको छ। गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार संघको ८४औं बैठक अप्रिल ३० तारिख भर्चुअलमाध्यमबाट हुने भएको हो।

संघको १० औं महाधिवेशन पछि पहिलो पटक बस्न लागेको पूर्ण बैठकलाई निकै चासोका साथ हेरिएको छ। जोशीका अनुसार सो बैठकका लागि एजेण्डाहरु पठाउन आइसीसी ९केन्द्रीय० सदस्यहरुलाई आग्रह गरिएको छ।

‘साथीहरुले चाहेका आआफ्ना एजेण्डाहरु पठाउन आग्रह गरेको छु । धेरै जनाले आफ्ना भनाईहरु राख्न पाइदैन भनेर गुनासो गर्नु भएको छ। यस पटक सबैलाई अवसर दिने योजना छ’ जोशीले भने ।

आइसीसी सदस्यहरुको सुझावका आधारमा आगामी २३ तारिख बस्ने पदाधिकारी ९ओविइ० बैठकले ती एजेण्डाहरुलाई अन्तिम रुप दिने छ ।

बैठकमा संघको संरक्षक परिषदको गठन, सल्लाहकारको मनोनयन, आइसीसी सदस्यहरुको मनोनयन, केन्द्रीय कार्यालयमा नयां सिइओ नियुक्ति लगायतका एजेण्डामा छलफल हुने अपेक्षा गरिएको छ ।

आइसीसी सदस्यहरुले यसअघि एनसीसीमा भएको विवाद, पदाधिकारीको उम्मेदवारी शुल्क, एनआरएनए यूके र अमेरिकाको खारेजीको कार्यन्वयन लगायतका विषयमा आआफ्ना भनाई राख्ने तयारी गरेका छन् ।