Close This

दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

शनिबार बैशाख १७, २०७९/ Saturday 04-30-22
Paschim Today

रुपन्देही,१७ वैशाख । रुपन्देहीमा ११ वर्षीया र ७ वर्षीया दुई जना बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-३ बस्ने रोल्पा लौङ्ग्री गाउँपालिका-४ घर भएका २० वर्षीय भुपेन्द्र पोखरेललाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पोखरेलले बालिकाहरूलाई बुटवल उपमहानगरपालिका-३ तिनाउ खोला बगरमा गत चैत २१ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।