Close This

भिजिट भिसामा दुबई गएका कञ्चनपुरका एक युवकको मृत्यु

आइतबार बैशाख २५, २०७९/ Sunday 05-08-22
Paschim Today

कञ्चनपुर,२५ वैशाख । कञ्चनपुरका एक युवकको दुबईमा मृत्यु भएको छ । रोजगारीका लागि दुबई गएका वेदकोट नगरपालिका ४ बगुनका २२ वर्षिया खडक साउँदको मृत्यु भएको हो ।

दुबईकै एक रेष्टुरेटमा काम गर्ने उनी कोठामा मृत भेटिएको र मृत्युको कारण खुल्न नसकेको वेदकोट नगरपालिका नगर प्रमुख अशोककुमार चन्दले बताए। मृतक साउँद भिजिट भिसामा दुई महिना दुबई गएका थिए ।