Close This

म एक भोटर

मंगलबार बैशाख २७, २०७९/ Tuesday 05-10-22
Paschim Today

एक नेतालाई 
एक भोट दिएर
एक कार्यकाल 
जिताउन सक्ने
सिर्फ म एक भोटर

एक नेतालाई
एक भोट नदिएर
एक कार्यकाल
हराउन सक्ने
म सिर्फ एक भोटर

अरबमा खरबौँ पटक देश सम्झिँदै
पसिना पुछ्दै विल्डिङ्गमा
ओल्डिङ्ग गर्दा 
निस्किएका झिल्काले
डडाएका आँखामा
समृद्ध नेपालको सपना
देख्दै 
दल हैन देश जिताउन
फर्किएको
सिर्फ म एक भोटर !!!

रवीलाई बिदा गरेर 
जुनलाई रमिता देखाउँदै
चौतारा र चौबाटोको
बिचमा जुठो चियाका गिलास
चुरोटका दिव्य ठुटाको
सहयोगले
मस्काउँदै 
समृद्ध शान्त नेपाल
सुन्दै बसेको
सिर्फ म एक भोटर !!!

हो म सिर्फ एक भोटर
ठेकदारका ठेक्काको
समयावधि र जाममा
लागेका गाडी गन्दै
पशुपतिनाथ जप्दै
जहान परिवार प्रत्येक
मोड्मा सम्झिँदै 
हर्नकै भरमा अगाडि बढ्दै
हिन्ने 
सिर्फ एक भोटर !!!

अवस्था बद्लिएन 
त के भो व्यवस्था त बद्लियो 
आस्था बद्लिएन त के भो
नीति त बद्लियो 
भूगोल बद्लिएन त के भो
सीमाना त बद्लियो
तर यो भोटर अझै भोटर नै छ
मात्र भोटर
नागरिक कहिले बनिन !!!