Close This

थप १३ जनामा कोरोना संक्रमण

मंगलबार बैशाख २७, २०७९/ Tuesday 05-10-22
Paschim Today

काठमाडौं,२७ वैशाख ।   पछिल्लो २४ घन्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ३ सय ७६ पीसीआर परीक्षणमा १२ जना र १ हजार २ सय ५८ एन्टीजेन परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाबाट मंगलबार  कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, आज थप १७ जना कोरोनामुक्त भएका छन्।

यो सहित कोरोनाबाट निको हुनेको संख्या  ९ लाख ६६ हजार ८ सय २३ पुगेको छ। नेपालमा हाल  १ सय ८५ सक्रिय संक्रमित रहेका छन्।