Close This

नेपाली महिला टोलीले युगाण्डासँग टी-२० शृंखला खेल्ने

बुधबार बैशाख २८, २०७९/ Wednesday 05-11-22
Paschim Today

काठमाडौँ,२८ वैशाख । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले अफ्रिकी देश युगाण्डासँग पाँच खेलको टी–२० शृंखला खेल्ने भएको छ । नेपाली महिला क्रिकेटको इतिहासमै पहिलोपल्ट टी-२० शृंखला हुन लागेको हो ।

नेपाल क्रिकेट संघ क्यानले युगाण्डासँगको अन्तर्राष्ट्रिय शृंखलाको मिति सार्वजनिक गरेको छ । शृंखलाका सबै खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।

आसन्न एसिया कप छनोटको तयारीमा रहेको नेपालले खेलाडीलाई एक्स्पोजरका लागि युगाण्डालाई आमन्त्रण गरेको हो ।नेपालले शृंखलाको पहिलो खेल असार २ गते खेल्नेछ । असार ३, ५, ६ र ७ गते शृंखलाका खेलहरु आयोजना हुनेछन् ।