Close This

प्राथमिक तह शिक्षक पदको नतिजा सार्वजनिक 

बिहीबार बैशाख २९, २०७९/ Thursday 05-12-22
Paschim Today

काठमाडौँ,२९ वैशाख ।  शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । 

शिक्षक सेवा आयोगले ०७८ साल चैत १९ गते लिएको प्राथमिक तह, तृतीय श्रेणीको शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । नतिजा आयोगको वेबसाइट http://www.tsc.gov.np/ मा हेर्न सकिनेछ ।