सेन्चुरी कमर्सियल बैङ्क र हिमाल टपइन टाउन रेष्टुरेन्ट बीच सम्झौता
बिहीबार बैशाख २९, २०७९/ Thursday 05-12-22
Paschim Today

धनगढी,२९ वैशाख । सेन्चुरी कमर्सियल बैङ्क धनगढी शाखा र धनगढी उपमहानगरपालिका १ स्थित हिमाल टपइन टाउन रेष्टुरेन्ट लज एण्ड बार बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।
बैङ्कले आफ्ना खातावालाहरू, क्रेडिट र डेबिट कार्ड ग्राहकहरू तथा संस्थापक शेयर धनीहरूलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
सम्झौता अनुसार बैङ्कको खातावालाहरू, क्रेडिट र डेबिट कार्ड ग्राहकहरू तथा बैङ्कका संस्थापक शेयर धनीहरूले होटेलको रुम बुकिङ सुविधामा २० प्रतिशत तथा फुड एण्ड बेभेरेजलौण्ड्री लगायत सम्पूर्ण सेवा सुविधामा १० प्रतिशत सम्म छुट पाउनेछन् ।
उक्त सम्झौता पत्रमा बैङ्कका धनगढी शाखा प्रबन्धक नगेन्द्र रत्न कोइराला र हिमाल टपइन टाउन रेष्टुरेन्ट लज एण्ड बारका प्रोप्राइटर बुधबहादुर गुरुङले हस्ताक्षर गरेका हुन् ।
तपाईको प्रतिक्रिया