Close This

देशभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि, १८ डिस्चार्ज

बिहीबार बैशाख २९, २०७९/ Thursday 05-12-22
Paschim Today

काठमाडौँ,२९ वैशाख । नेपालमा थप ४ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ४ सय ६३ पिसिआर परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार ३ सय ५४ एन्टीजेन परीक्षणका क्रममा भने कसैमा पनि कोरोना पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । 

त्यस्तै थप १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ८ सय ५७ जना निको भएका छन् । हाल नेपालमा १७३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।