कैलालीमा मतदान उत्साहजनक

शुक्रबार बैशाख ३०, २०७९/ Friday 05-13-22
Paschim Today

धनगढी,३० वैशाख । कैलाली जिल्लामा स्थानीय तहको निर्वाचनका क्रममा आज मतदाताहरुले शान्तिपूर्ण वातावरणमा मताधिकार प्रयोग गरिरहेका छन् ।

No description available.

मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश जयानन्द पनेरुले जिल्लाभरका मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताले उत्साहजनक रुपमा मताधिकार प्रयोग गरिरहेको बताए ।

No description available.

जिल्लाका केही स्थानीय तहमा आजैदेखि  मतगणना सुरु गर्ने तयारी भइरहेको छ । धनगढी उपमहानगरपालिकाको मतगणना भने भोलि ११ बजेबाट सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत पनेरुले जानकारी दिए ।जिल्लामा १३ स्थनीय तहमध्ये सबै तहका मतपेटिका सम्बन्धित निर्वाचन कार्यालयमा ल्याएपछि मतगणना सुरु हुने जनाइएको छ ।

केही दिनदेखि बढेको गर्मीले जनजीवनमा असर पारेकामा गएराति भएको वर्षाले भने शीतलता भएपछि मतदातालाई मतदानस्थलसम्म पुगेर मतदान गर्न सहज भएको छ ।निर्वाचनका लागि जिल्लाका कूल १३ स्थानीय तहमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्रको व्यवस्था गरिएको छ  ।  
 
No description available.