Close This

कञ्चनपुरको तीन स्थानीय तहमा काङ्ग्रेस र एकमा माओवादी केन्द्रको अग्रता

शनिबार बैशाख ३१, २०७९/ Saturday 05-14-22
Paschim Today

कञ्चनपुर, ३१ वैशाख । कञ्चनपुरको तीन स्थानीय तहमा कांग्रेस र एकमा माओवादी केन्द्रले सुरूवाती अग्रता लिएका छन् । बेलौरीमा माओवादी केन्द्रले अग्रता लिएको छ । माओवादी केन्द्रका पोतीलाल चौधरीले ३८९, नेपाली कांग्रेसका हरेन्द्र विष्टले २४९ र एमालेकी कमला बोहराले २४५ मत प्राप्त गरेकी छिन् । 
यस्तै दोधरा चाँदनीमा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका गोपालदत्त भट्टले ४२, एमालेका किशोर लिम्बुले २४ र स्वतन्त्र भीमबहादुर कुमालले १० मत प्राप्त गरेका छन् । 
यस्तै बेलडाडी गाउँपालिकामा नेपाली कांग्रेसका हरिशचन्द्र रानाले ८८ मतसहित अग्रता लिएका छन् । एमालेका अक्कल विष्टले ५९ र माओवादी केन्द्रका इश्वरीदत्त भट्टले ४३ मत प्राप्त गरेका छन् । 
लालझाडी गाउँपालिकामा पनि कांग्रेसका श्रीकृष्ण रानाले ४६४ मतसहित अग्रता लिएका छन् । माओवादी केन्द्रका मदनसेन बडायकले ३४९ र एमालेका निर्मल रानाले २६६ मत प्राप्त गरेका छन् । यस्तै, पुनर्बास नगरपालिका बाहेकका अन्य ४ पालिकामा शनिबार सर्वदलीय बैठकपछि मात्रै मतगणना सुरू हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पुनर्बास नगरपालिका–१० मा मतदान स्थगित भएका कारण उक्त वडाको निर्वाचनपछि मात्रै मतगणना गरिने पुनर्बासको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।