Close This

'चिसो मान्छे'को 'जीवन बाटोमा' गीत सार्वजनिक

आइतबार जेठ २९, २०७९/ Sunday 06-12-22
Paschim Today

काठमाडौँ,२९ जेठ । दिपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको फिल्म ‘चिसो मान्छे’ को ‘जीवन बाटोमा’ गीतको लिरिकल भिडिओ सार्वजनिक भएको छ।

नेपाली भाकामा निखिता थापाको आवाज छ भने देउडा भाकामा रेखा जोशीको आवाज छ। सहदेव अर्याल र हर्क साउदको शब्द रहेको गीतमा सुवास भुसालको संगीत र उदय राज पौडेलको एरेन्ज छ।

शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनालको मुख्य भूमिका छ। फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, झकेन विसी, सञ्जोग रसाइली, पुष्पा अवस्ती, सृष्टी आचार्य, विकाश खनाल लगायत कलाकारको पनि अभिनय छ।निर्देशक खनालले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन्।

‘चिसो मान्छे’ एउटा ट्राभल स्टोरी हो। फिल्ममा वैदेशिक रोजगारीमा गएका युवकको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट बाजुरासम्म पुर्‍याउँदाको कथा समेटिएको छ।यो फिल्म असार ३ गतेदेखि प्रदर्शन हुँदैछ।