Close This

टेक्ससका लागि पर्यटनदूतमा सुवेदी नियुक्त 

बिहीबार असार २, २०७९/ Thursday 06-16-22
Paschim Today

धनगढी,२ असार । टेक्ससका लागि पर्यटनदूतमा एनआरएन अभियन्ता राम कुमार सुवेदी नियुक्त भएका छन् ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले   सुवेदीलाई नेपाल सरकारको पर्यटन मन्त्रीस्तरीय १५ जुन २०२२ को बैठकले  दुई वर्षका लागि पर्यटन दूतमा नियुक्त गरेको हो ।

मन्त्रालयले सुवेदीलाई दिएको नियुक्ति पत्रमा  नेपाली दूतावास, गैर आवासीय नेपाली सङ्घ, पर्यटन व्यवसायी,सञ्चारकर्मी  सहित सरोकारवाला निकायसँगको सहकार्यमा नेपालको पर्यटन प्रवर्द्धनका लागि  योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

झापा अर्जुनधारामा जन्मेका सुवेदी दुई दशकअघि स्थायी अनुमति पत्र सहित सपरिवार अमेरिका पुगेका थिए । उनी गैर आवासीय नेपाली सङ्घ अमेरिका क्षेत्रीय उपसंयोजक छन् भने विगतमा गैर आवासीय नेपाली सङ्घ अमेरिकाको उपाध्यक्ष लगायत विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।सुवेदीले नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्रालयले अपेक्षा गरेको छ ।