Close This

रातो किताबको विषयलाई लिएर सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित

बुधबार असार ८, २०७९/ Wednesday 06-22-22
Paschim Today

धनगढी,८ असार । सुदूरपश्चिम प्रदेश सभाको बुधबारको बैठक स्थगित भएको छ । सरकारले प्रदेशसभा सदस्यहरूको हातमा ढिला गरी वार्षिक पुस्तिका पुगाएको भन्दै बुधबारको बैठक स्थगित भएको बुझिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको वार्षिक विकास कार्यक्रम पुस्तिका रातो किताबमा थुप्रै त्रुटि र आर्थिक सुशासन विपरितका गतिविधि देखिएको भन्दै सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूले असन्तुष्टि जनाएका हुन्।

प्रदेश सभा सदस्यहरूले पुस्तिका सच्चिएर नआएसम्म सभामा बजेटको छलफल अघि बढ्न नदिने प्रतिक्रिया दिएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले संवैधानिक व्यवस्थाअनुसार असार १ बजे आगामी आर्थिक वर्षको बजेट पेश गरेको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल बुधबारदेखि अघि बढाउने तयारी गरेको थियो । पुस्तिकाका त्रुटिहरू नसच्चिएसम्म बैठक अघि बढ्न नदिने चेतावनी दिएका छन् । प्रदेश सभाको अर्को बैठक असार १२ गते बुधबार बस्ने जनाएको छ ।