Close This

एन्फाका नवनिर्वाचित पदाधिकारीले लिए शपथ

बुधबार असार ८, २०७९/ Wednesday 06-22-22
Paschim Today

काठमाडौँ,८ असार । अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित पदाधिकारीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार एन्फा मुख्यालयमा अध्यक्ष पंकज नेम्वाङसहित १८ पदाधिकारीले  शपथ ग्रहण गरेका हुन् ।

पंकज अर्का प्रत्यासी कर्माछिरिङ शेर्पालाई पराजित गर्दै एन्फा अध्यक्षमा विजयी भएका थिए । एन्फामा पंकज प्यानलकै बहुमत रहेको छ ।