Close This

देशभर थप ४९ जना कोरोना संक्रमित थपिए

बिहीबार असार ९, २०७९/ Thursday 06-23-22
Paschim Today

काठमाडौँ,९ असार । पछिल्लो २४ घण्टामा देशभर थप ४९ जना कोरोना संक्रमित थपिएका छन्। यही अवधीमा थप १२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार २३४ जनाको पीसीआर नमुना परीक्षण गर्दा ३३ जनामा र १ हजार २६० जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १६ जनामा संक्रमण पुष्टी भएको हो।जसमध्ये काठमाडौँमा ११ जना, भक्तपुरमा १ जना र ललितपुरमा १५ जना गरी उपत्यकामा मात्रै २७ जना थपिएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या १ सय ६३ रहेको छ। जसमध्ये होम आइसोलेसनमा १ सय ६० जना र संस्थागत आइसोलेसनमा ३ जना रहेका छन्।त्यसैगरी आइसीयूमा १ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ।