Close This

आरसी लामिछानेको एप्रिसिएटिभईन्क्वारी गीत सार्वजनिक

शुक्रबार असार १०, २०७९/ Friday 06-24-22
Paschim Today

धनगढी, १० असार । विगत दुई दशकदेखि प्रशंसनीय खोज विधि (एप्रिसियटिभईन्क्वारी) को नियमित खोज, अनुसन्धान तथा तालिम सञ्चालन गर्दै आएका डा. रामचन्द्र लामिछानेको एप्रिसिएटिभईन्क्वारी बोलको गीत सार्वजनिक भएको छ ।

व्यक्ति तथा संस्थाहरूको सबल पक्षहरू तथा सफलताका कारणहरू खोजी नयाँ लक्ष्य निर्धारण गरेर जीवनको तथा संस्थाको नयाँ मार्ग चित्र बनाएर सोही मुताविक कार्य योजना बनाई कार्यान्वयन गरेमा व्यक्तिको जीवन तथा संस्थामा आमूल सकारात्मक रूपान्तरण आउँछ भन्ने सन्देश गीतले दिएको छ।