Close This

योङ ब्वाईजलाई खुला फुटसल प्रतियोगिताको उपाधि

शुक्रबार असार १०, २०७९/ Friday 06-24-22
Paschim Today

धनगढी,१० असार । सुदूरपश्चिम प्रदेशको शैक्षिक नगरी धनगढी स्थित ‘सिसिएस प्लस्टु’ को आयोजनामा सम्पन्न भएको खुला फुटसल प्रतियोगिताको उपाधि विजेता योङ ब्वाईज भएको छ । धनगढीकै फ्ल्याटल्याण्ड फुटसलमा भएको खुला फुटसल प्रतियोगितामा धनगढीकै योङ ब्वाईज टिम प्रथम भएको हो ।

पढाइ सँगै खेलकुदलाई पनि सँगसँगै लैजान र खेलकुदको माध्यम बाट बिद्यार्थीहरुमा सिकाई को पद्धति विकास गर्ने उद्देश्यले विभिन्न शैक्षिक संस्थाका एसइई परीक्षा दिएर बसेका बिद्यार्थीहरुको मात्रै सहभागिता रहेको उक्त दुई दिने प्रतियोगिता शुक्रवार भव्यताका साथ सम्पन्न भएको छ ।

यस्तै, विभिन्न शैक्षिक संस्थाका २३ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा द्दितिय स्थान एरिष्टो इङ्ग्लिस बोर्डिङ स्कुलले हात पारेको छ । प्रतियोगितामा प्रथम हुनेलाई ७५०० र द्दितिय हुनेलाई ५००० रुपैयाँ प्रदान गरिनुका साथै प्रथम र द्दितिय हुने विद्यार्थी खेलाडीलाई विशेष छात्रवृत्तिको समेत व्यवस्था गरिएको स्कुलका प्रधानाध्यापक तीर्थराज फुलाराले बताए ।