बालबालिकाहरूको सहयोगार्थका लागि एक विशेष कार्यक्रमको आयोजना हुने

धनगढी ,११ असार । नेपाली काँग्रेसको प्रवास सङ्गठन नेपाली जनसम्पर्क समिति, डेनमार्कले नेपालमा अटिजम भएका बालबालिकाहरूको सहयोगार्थ एक विशेष कार्यक्रम गर्ने भएको छ । आउँदो २ जुलाई शनिबार डेनमार्कको कोपेन्हगेन रोदोभरमा कार्यक्रम आयोजना हुने नेपाली जनसम्पर्क समिति, डेनमार्कका सभापति यादव बस्नेतले बताए ।
अटिजम भएका बालबालिकाहरूका लागि शिक्षा र पुनर्स्थापना केन्द्रकी सञ्चालिका सबिता उप्रेतीले प्रेसेन्टेसन गर्नुहुने र नेपालमा अटिजम भएका बालबालिकाहरूको अवस्थाबारे जानकारी गराउने छिन् ।
बालबालिका भोलिका देशका बाहक हुन, देश निर्माणको आधार हुन प्रवासमा बसेका नेपालीहरू चिन्तित छन् र प्रवासमा रहेर हामी कसरी जोडिन सक्छौ भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको सङ्गठनका निवर्तमान सभापति वीरेन्द्र सिंह कार्कीले बताए ।
अटिजम सम्बन्धी जानकारीमूलक प्रेसेन्टेसन् हुने र परोपकारी कर्ममा जोडिने अवसर पनि भएकोले सम्पूर्ण डेनमार्कवासी नेपालीहरूलाई कार्यक्रममा उपस्थिति हुन कार्यक्रम संयोजक संस्था नेपाली जनसम्पर्क समितिले हार्दिक अपिल गरेका छन् ।
तपाईको प्रतिक्रिया