अनेसासको अध्यक्षमा पूजा र वरिष्ठ उपाध्यक्षमा वाग्लेको उम्मेदवारी
धनगढी,१२ असार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय समितिको निर्वाचनका लागि साहित्यकार गोवर्द्धन पूजाले अध्यक्षको पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
विगत १२ वर्षदेखि अमेरिकाको बोस्टनलाई आफ्नो कर्मथलो बनाएका पूजाले यसअघि दुई कार्यकाल महासचिवको सफल कार्यकाल पूरा गरिसकेर हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाली रहेका छन्।
विशेषतः कविताका क्षेत्रमा चर्चित पूजाका पीडा अवतार, अनामनगरकी अम्बिका, प्रेम अवतार, वाचाल ओठहरूलगायतका कविता कृतिसहित एक दर्जन साहित्यिक कृति प्रकाशित छन् ।
यस्तै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का निवर्तमान महासचिव सर्वज्ञ वाग्लेले वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन्।
एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर, एनआरएनए आईसीसीको भाषा साहित्यमा चार वर्षको कार्यकाल, एनआरएनए अमेरिकाको उपाध्यक्ष, एनआरएनए अमेरिकाको भाषा साहित्यको संरक्षक तथा हाल अनेसासको महासचिवलगायत सङ्गठनमा रहेर लामो सङ्गठनात्मक अनुभव बटुलिसकेका वाग्लेले अनेसासको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका लागि आफ्नो उम्मेदवार घोषणा गरेका हुन् ।



-1200x5602026-08-16-03-37-38.jpeg)



तपाईको प्रतिक्रिया