Close This

तनहुँमा लागूऔषधसहित युवक पक्राउ

आइतबार असार १२, २०७९/ Sunday 06-26-22
Paschim Today

तनहुँ, १२ असार । जिल्लाको भानु नगरपालिका–९ बडहरेबाट लागूऔषधसहित युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २६ वर्षीय योगेन थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीले पाएको गोप्य सूचनाको आधारमा थापाको कोठा खोजतलासी गर्दा डाइजेपाम ९८, फेनरागन ९८, एम्पुल र नुफिन ९८ गरी २९४ एम्पुल लागूऔषध बरामद गरेको प्रहरी निरीक्षक राजकुमार बिकले बताए । थापाविरुद्ध आइतबार जिल्ला अदालतबाट १० दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ ।