Close This

सिराहामा 'ख्यालख्यालमै' साथीमाथि गोली प्रहार, दुईजना पक्राउ

आइतबार असार १२, २०७९/ Sunday 06-26-22
Paschim Today

जनकपुरधाम, १२ असार । सिराहामा एक जनाले साथीमाथि गोली प्रहार गरेका छन् । आइतबार लहान नगरपालिका २२ बेल्ही टोलस्थित १८ वर्षीय दिलिप मुखियामाथि उनै साथीले गोली प्रहार भएको हो ।

स्थानीय रविन चौधरीको घरमा बसिरहेको बेला ुख्यालख्यालमैु सुशान्त चौधरीले गोली चलाउँदा दिलिपलाई लागेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका दिलिपलाई उपचारका लागि धरान पठाइएको सिराहाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए । 

दिलिपमाथि गोली प्रहार गरेको आरोपमा प्रहरीले  १९ वर्षीय सुशान्त चौधरी र १५ वर्षीय सुरज मुखियालाई नियन्त्रणमा लिएको छ । दिलिपको पेटभन्दा माथिको भागमा गोली लागेको छ । प्रहरीले घटनास्थलबाट पेस्तोल १ थान, ७।६५ एमएम लेखिएको गोली ५ राउन्ड, म्यागजिन १ थान, गोलीको खोखा एक थान बरामद गरेको छ ।

यस्तै, सुशान्तको घर नजिकको बाँसबारीबाट कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने गोली पाँच राउन्ड, गोली फायर भएको बन्दुकमा लाग्ने गोली चार राउन्ड फेला परेको छ । घटनाकारे आवश्यक अनुसन्धान भइरहेको छ ।