Close This

कञ्चनपुरको पुनर्वासमा चट्याङ लागेर एक जनाको मृत्यु

मंगलबार असार १४, २०७९/ Tuesday 06-28-22
Paschim Today

कञ्चनपुर,१४ असार । कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको  पुनर्वास नगरपालिका ६ प्रतिभानगरका अन्दाजी ३६ बर्षीय देवेन्द्र श्रेष्ठको मङ्गलवार बिहान मृत्यु भएको हो ।

बिहान आएको वर्षा सँगै चट्याङमा परि उनको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ । अहिले कञ्चनपुर लगायत सुदूरपश्चिमका धेरै स्थानमा वर्षा भइरहेको छ ।