नेप्सेमा १९.८९ अंकको गिरावट
मंगलबार भदौ १७, २०८२/ Tuesday 09-02-25
Paschim Today

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.८९ अंकले घटेर २७४१.९७ बिन्दुमा सीमित भएको छ ।
अघिल्लो दिन सोमबार भने नेप्से १२.०३ अंकले बढेर २७६१.८६ बिन्दुमा पुगेको थियो । यस्तै, आइतबार नेप्से ३१.१७ अंकले घटेको थियो भने गत साताको बिहीबार पनि ३८.०१ अंकले घटेको थियो ।
मंगलबार नेप्सेमा कुल ४ अर्ब ४३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सोमबार भने नेप्सेमा ५ अर्ब माथिको कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये २९ कम्पनीको सेयर मूल्य बढ्दा २२१ कम्पनीको घटेको छ ।
तपाईको प्रतिक्रिया