Close This

सामुदायिक भवनमा करोडौँ रुपैयाँ विनियोजन, एउटै वडामा दुई/दुई वटा भवन

मंगलबार असार १४, २०७९/ Tuesday 06-28-22
Paschim Today

धनगढी,१४ असार ।  सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा सयौँ सामुदायिक भवनका लागि करोडौँ रुपैयाँ विनियोजन गरेको छ । एउटै जिल्लामा दर्जनौँ सामुदायिक भवनमा बजेट विनियोजन गरेको प्रदेश सरकारले एउटै वडामा फरक नाममा दुई/दुई वटा सामुदायिक भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा खप्तडी मन्दिरमा सामुदायिक भवनका लागि २५ लाख र डिपो बजारमा अर्को सामुदायिक भवन निर्माणका लागि १५ लाख रुपैयाँ  विनियोजन गरेको छ ।

त्यस्तै बझाङको छविस पाथिभेरा गाउँपालिका वडा नम्बर ३ बडुगाँउमा सामुदायिक भवन निर्माणका लागि २० लाख र बान्नीकोटमा २५ लाख रुपैयाँ विनियोजन गरेको प्रदेश सरकारले जनाएको छ ।