Close This

तालिम र सम्मेलनका लागि दुई करोड ४७ लाख रुपैया बिनियोजन

मंगलबार असार १४, २०७९/ Tuesday 06-28-22
Paschim Today

धनगढी, १४ असार ।
सुदूर पश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा तालिम र सम्मेलनका नाममा दुई करोड ४७ लाख रुपैया बिनियोजन गरेको छ ।

प्रदेश सरकारले अर्थ मन्त्रालयको बजेटमा लगानी सम्मेलनका लागि ५० लाख रुपैया बिनियोजन गरेको छ । यसअघि अर्थमन्त्री झपट बोहराको पालामा पनि लगानी सम्मेलन गरिएको थियो । त्यो सम्मेलनको उपलब्धी अहिलेसम्म सार्वजनिक भएको छैन । फेरि लगानी सम्मेलनका लागि यति ठूलो रकम बिनियोजन गरिएको हो ।

त्यस्तै आर्थिक विषयक अनुसन्धान तथा विकास सम्बन्धि कार्यशालाका ३० लाख रुपैया, प्रदेश र स्थानीय तहबीचद वित्तिय हस्तान्तर सम्बन्धि अभिुमुखिकरण/अन्र्तक्रियाका लागि २७ लाख रुपैया बिनियोजन गरिएको छ ।

यसैगरी आर्थिक मामिला मन्त्रालयले आर्थिक विकास तथा समृद्धि सम्बन्धि बहस, पैरवी तथा संवादका लागि ५० लाख रुपैया, बजेट तर्जुमा सम्बन्धि छलफलमा १८ लाख रुपैया, बजेट कार्यान्वयन दक्षता अभिबृद्धि कार्यक्रमका लागि १८ लाख, योजना तथा बजेट तर्जुमा सम्बन्धि क्षमता अभिबृद्धि कार्यक्रमका लागि ३६ लाख, पीएलएमबीआईएस सम्बन्धि अभिमुखिकरण तथा तालिमका लागि १८ लाख रुपैया बिनियोजन गरेको छ ।

एउटै प्रकृतिका कार्यक्रम र योजनामा प्रदेश सरकारले अलग अलग शिर्षकमा यति ठूलो रकम बिनियोजन गरेको हो ।यो रकम आर्थिक मामिला तथा योजना मन्त्रालयको एउटा कार्यक्रमको हो । यसमा आर्थिक मन्त्रालयकै अन्य कार्यक्रम र अन्य मन्त्रालयको तालिम सम्बन्धि बजेट समावेश छैन ।