Close This

भ्रमण र अनुगमनमा ८२ लाख ५० हजार रुपैया बिनियोजन

मंगलबार असार १४, २०७९/ Tuesday 06-28-22
Paschim Today

धनगढी, १४ असार ।
सुदूर पश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा भ्रमण र अनुगमनमा ५२ लाख ५० हजार रुपैया बिनियोजन गरेको छ ।

प्रदेश सरकारले आर्थिक मन्त्रालयको बजेटमा वार्षिक विकास आयोजना तथा कार्यक्रमको अनुगमनका लागि २२ लाख ५० हजार र वित्तिय संघीयता अध्ययन भ्रमणका लागि ३० लाख रुपैया बिनियोजन गरेको हो ।

त्यस्तै आर्थिक समृद्धिका सम्बाहक क्षेत्रहरुको अवलोकन भ्रमणमा ३० लाख रुपैया बिनियोजन गरिएको छ ।