Close This

स्वास्थ्यको बजेट काटेर नेपाल आमाको मूर्ति निर्माणमा दुई करोड ५० लाख बिनियोजन

मंगलबार असार १४, २०७९/ Tuesday 06-28-22
Paschim Today

धनगढी, १४ असार ।
सुदूर पश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा शिक्षा र स्वास्थ्यको बजेट कटौती गर्दै अनुत्पादक क्षेत्रमा बजेट बिनियोजन गरेको छ ।

स्वास्थ्य चौकी, अस्पताल, विद्यालयहरुको स्तरोन्नतीको रकम कटौती गर्दै शहिद स्मृति भवन, शहिद गेट, शालिक, मन्दिर र मूर्तिहरुमा सामुदायीक भवनहरुका एक अर्ब रुपैया भन्दा बढि बजेट बिनियोजन गरिएको छ ।

बिगतमा मन्दिरहरुमा पाँच देखि १० लाख रुपैया बिनियोजन गर्दै आएको प्रदेश सरकारले यस पटक एउटै मन्दिर र धामको निर्माणमा चार करोड रुपैयाभन्दा बढि बिनियोजन गरेको छ ।

सम्पूर्ण स्वास्थ्य सेवा, अप्रेशन र उपचार निशुल्क दिदै आएको अछामको बयलपाटास्थित प्रदेशकै नमूना बयलापाटा अस्पतालको रकम ८ करोडबाट काटेर चार करोड रुपैयामा झारेको प्रदेश सरकारले कञ्चनपुरको भम्केनी धामका लागि बिभिन्न शिर्षकमा चार करोड रुपैया भन्दा बढि बिनियोजन गरेको छ ।

प्रदेश सरकारले भम्केनी धाममा नेपाल आमाको मूर्ति निर्माणका लागि दुई करोड ५० लाख रुपैया बिनियोजन गरेको छ ।