Close This

नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापा पदमुक्त, जोशीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी

मंगलबार असार १४, २०७९/ Tuesday 06-28-22
Paschim Today

धनगढी,१४ असार । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिले नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई पदबाट हटाएको  छ । प्रदेश सचिव धर्मराज पाठकले प्रदेश कमिटिको बैठकले रतन थापालाई अध्यक्षबाट हटाउने निर्णय गरेको बताए ।

बैठकले उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्ष तोकेको छ । बैठकको निर्णय अनुसार साउन १५ भित्र जिल्ला प्रतिनिधि परिषद्को बैठकले अध्यक्ष चयन गर्नेछ ।

जिल्ला कमिटी सचिवालय बैठकले चुनावमा अन्तर्घात गरेको ठहरसहित अध्यक्ष थापालाई अनुशासनको कारबाहीको सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रदेश कमिटिले थापालाई पदमुक्त गरेको हो ।

थापालाई जिल्ला ईञ्चार्जको सिफारिस, केन्द्रीय सदस्यहरुको राय र प्राप्त प्रमाणका आधारमा नेकपा एमालेको बिधानको धारा ८० को १,२,३,४,५,६,१२,१३ का आधारमा कारबाही गरिएको पाठकले बताए ।