Close This

नदीमा हाम फालेकी महिलाको शव फेला

मंगलबार असार १४, २०७९/ Tuesday 06-28-22
Paschim Today

धनगढी, १४ असार । कैलालीको कान्द्रा नदीमा हाम फालेकी महिलाको आज शव फेला परेको छ । भजनी नगरपालिका–५ लालबोझीकी ४० वर्षीया रीमा डङ्गौराको शव टीकापुर नगरपालिका–७ स्थित मोहना नदीमा फेला परेको हो । 
जिल्ला प्रहरी कार्यालयका अनुसार कान्द्रा नदीमा बाढी आएको बेला आइतबार साँझ उनले कान्द्रा नदीमा हाम फालेकी थिइन् । खोज तलास गर्ने क्रममा दुई दिनपछि शव फेला परेको प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाइएको छ ।