Close This

'प्रेम गीत ३'  भारतमा पनि सोही नामबाट प्रदर्शन हुने

सोमबार श्रावण १६, २०७९/ Monday 08-01-22
Paschim Today

काठमाडौँ,१६ साउन । नेपाली फिल्म प्रेम गीत ३ भारतमा पनि सोही नामबाट प्रदर्शनमा आउने भएको छ। यसअघि विश्वजितम नामबाट प्रदर्शनमा आउने भनिएको फिल्मको नाम प्रेम गीत ३ नै रहने भएको हो।

फिल्म नेपाली र हिन्दी गरी दुई भाषामा प्रदर्शनमा आउँदैछ। निर्माण टोलीले भारतका लागि नयाँ पोस्टर सार्वजनिक गरेको छ।

जसमा ट्रेलर सार्वजनिक हुने मिति र फिल्म प्रदर्शनमा आउने मिति पनि उल्लेख गरिएको छ। 'प्रेम गीत ३' को भारत प्रदर्शनका बारेमा भारतका सञ्चारमाध्यमले पनि समाचार सम्प्रेषण गरेका छन्।