देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघ्यो
मंगलबार श्रावण १७, २०७९/ Tuesday 08-02-22
Paschim Today

काठमाडौँ,१७ साउन । देशभर कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा ८१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार १४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
५ हजार ४१५ नमुना परीक्षण गर्दा ८१४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज २९९ जना निको भएका छन्।
तपाईको प्रतिक्रिया