Close This

नयाँ तिजको गीत ल्याएर आए गोपाल जङ्ग थापा (भिडिओसहित)

बिहीबार श्रावण १९, २०७९/ Thursday 08-04-22
Paschim Today

काठमाडौँ १९ साउन । गायक गोपाल जङ्ग थापा र दिनेश ठकुल्लाको बाई बाई तिजको गीत सार्वजनिक भएको छ । नेपाली नारीहरूको महान् पर्व हरितालिका तिजको अवसरमा स्वार्थी माया लाउनेलाई बाई बाई भन्नु पर्छ बोलको गीत बिहीबार सार्वजनिक भएको हो ।

गीतमा चर्चित गायिका निशा श्रीष मगर र गायक थापाले स्वर दिएका छन् भने सागर सुनार र थापाले संयुक्त रुपमा शब्द सङ्गीत गरेका हुन् ।

गीतलाई विजय थापा मगरले ऐरेन्ज गरेका हुन् । म्युजिक भिडिओमा चर्चित कोरियोग्राफर सन्देश रिमाल, मोडेल रेखा खत्री र चित्रकला बुढाको उत्कृष्ट अभिनय रहेको छ । धिताल फिल्मस् प्रालिले निर्माण गरेको भिडिओलाई राम केसीले छायाङ्कन गरेका हुन भने रोशन धितालले सम्पादन गरेका हुन् ।

म्युजिक भिडिओलाई दिनेश ठकुल्लाले निर्देशन गरेका छन् ।  गीत अहिलेको नयाँ पुस्तालाई समेटेर तयार पारिएको निमार्ण पक्षको भनाई छ ।