जसपाका तीन नेता एमाले प्रवेश
शुक्रबार श्रावण २०, २०७९/ Friday 08-05-22
Paschim Today

काठमाडौं,२० साउन । जनता समाजवादी पार्टी ९जसपा०का तीनजना नेता नेकपा ९एमाले० प्रवेश गरेका छन् ।
आज एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर संविधानसभा सदस्यसमेत रहेका केन्द्रीय सदस्यहरू बर्दियाका काशिम अली सिद्धुकी र पर्साकी आशा चतुर्वेदी एमाले प्रवेश गरेका हुन् । जसपा लुम्बिनी प्रदेश कमिटी सदस्य स्वेता श्रीबास्तब पनि एमाले प्रवेश गरेकी छन् ।
तपाईको प्रतिक्रिया