Close This

फिल्म सोसाइटीको अध्यक्षमा अभिनेता मल्ल

शनिबार श्रावण २१, २०७९/ Saturday 08-06-22
Paschim Today

काठमाडौं, २१ साउन । वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः नियुक्त भएका छन् । सोसाइटीको साधारण सभाबाट उहाँ अध्यक्षमा पुनः नियुक्त भएका हुन् ।

अध्यक्षमा पुनः नियुक्त भएपछि अध्यक्ष मल्लले नेपालको कलाकारिताको विकासमा आफु कटिबद्ध भइ लागिपर्ने बताए । यसैगरी सोसाइटीको उपाध्यक्षमा अभिनेता पुरन जोशी, मोहनकृष्ण श्रेष्ठ र नारायण प्रधान, महासचिवमा राजेन्द्रकुमार बिसुराल, सचिवमा टङ्कनाथ पौडेल र कोषाध्यक्षमा शङ्करलाल श्रेष्ठ निर्वाचित भए ।

यसैगरी सोसाइटीको सदस्यमा क्रमशः चेतबहादुर सिंह, सानुकुमार ताम्रकार, दुर्गा बिसुराल, सुनिल कटुवाल, वाईएल लामा, मधुकुमार श्रेष्ठ र सुभाष खड्का सर्वसम्मत चयन भएका छन्  । नेपाल फिल्म सोसाइटीको शाखा अमेरिका र बेलायतमा समेत छ ।