Close This

ग्लोबल आईएमई बैंकको प्रायोजनमा ‘कोप कार्ड’ सेवाको सुरु

शनिबार श्रावण २१, २०७९/ Saturday 08-06-22
Paschim Today

काठमाडौँ,२१ साउन । ग्लोबल आईएमई बैंक लिमिटेडले राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडसँगको सहकार्यमा सहकारीहरूको लागि ‘कोप कार्ड’को सेवा आरम्भ गरेको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरूको लागि सहकारी पहिचानसहितको ‘कोप कार्ड’को  आरम्भ गरिन् ।

यो कार्ड अन्तर्राष्ट्रियस्तरको चिप कार्ड र कन्ट्याक्टलेस प्रविधिमा आधारित हुनेछ । कार्ड नेपाल र भारतका एटीएम तथा पीओएसमार्फत जुनसुकै स्थानबाट सहजै चलाउन सकिनेछ बताइएको छ । यो कार्ड ग्लोबल आईएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत सहकारीहरूले जारी गर्नेछन् ।

यस सहकार्यपश्चात मुलुकभरका करिब ३३,००० सहकारीहरूले सजिलै राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी कोप कार्ड जारी गर्न सक्नेछन् ।सहकारीहरूले आफनो सदस्यलाई कोप कार्डको वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यहरूले आफ्नो सहकारीको खाताबाट जुनसुकै बेला जहाँबाट पनि एटीएमबाट रकम निकाल्न सक्नेछन भने पीओएसको माध्यमबाट कुनै पनि सेवा वा वस्तु खरिद गरी भुक्तानी गर्न सक्नेछन् । 

यसले सहकारी सदस्यहरूको सहकारीप्रतिको विश्वास बढ्ँदै जाने, नगद कारोबार कम भएर औपचारिक रूपमा बचत परिचालन हुने र वित्तीय सेवा चौबिसै घण्टा उपलब्ध हुनेछ । कोप कार्ड प्रयोग गर्ने ग्राहकहरूले ग्लोबल आइएमई बैंकको २६६ एटीएमबाट रकम निकाल्दा कुनै शुल्क लाग्ने नलाग्ने बैंकले जनाएको छ ।