पुरानो फोटोलाई नयाँ बनाउनु पर्यो ? यसो गर्नुहोस्
हामीसँग भएका हरेक तस्वीरमा याद गुम्सिएर बसेको हुन्छ । बाल्यकालमा खिचिएका फोटोमा त झन् आधा जुनी नै कैद हुन्छ । पहिले अहिलेजस्ता उच्च गुणस्तरका फोटो खिच्ने क्यामेरा थिएनन् ।
हामीसँग भएका केही फोटो पनि श्यामश्वेत रङ्गमा हुन्छन्, जसमा आफ्नो वा आफ्ना कसैको अनुहार चिन्न पनि सकस परेको हुन्छ ।त्यस्तै हामीसँग भएका कत्ति फोटो कम गुणस्तरको फोन वा क्यामेराबाट खिचिएको हुनसक्छ, जसको गुणस्तर घटेर मान्छे को हो भन्ने चिन्न नै गाह्रो भएको हुनसक्छ ।
आफ्ना त्यस्ता फोटो अहिले जस्तो उच्च गुणस्तरमा भइदिएको भए कस्तो हुन्थ्यो भन्ने चाहना हामी सबैको हुन्छ । कतिपय अवस्थामा प्रिन्ट गरिएका पुरानो फोटो पनि केरमेट भएर बिग्रिएका हुनसक्छन् ।
आज हामी त्यस्तो वेबसाइटको बारेमा जानकारी दिँदै छौँ, जसले कम गुणस्तर भएका फोटोको गुणस्तर बढाउन र बिग्रेका फोटोलाई एउटै क्लिकमा सुधार्न सघाउँछ ।त्यसका लागि सबैभन्दा पहिले यहाँ क्लिक/ट्याप गरी बेसटेनको साइटमा जानुहोस् ।



-1200x5602026-10-08-04-15-34.jpeg)



तपाईको प्रतिक्रिया