त्रिविको बजेट ३० अर्ब ८७ करोड
बिहीबार असोज २२, २०८३/ Thursday 10-08-26
Paschim Today
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष ०८३/८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ । बिहीबार बसेको बजेट सभाले रजिस्ट्रार रवीन्द्र शिवाकोटीले प्रस्तुत गरेको बजेट स्वीकृत गरेको हो ।
आन्तरिक स्रोतबाट १५ अर्ब ३६ करोड र सरकारको अनुदानबाट १५ अर्ब ६२ करोड रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । सरकारले यस वर्ष ७ अर्ब ३१ करोड रुपैयाँ मात्र त्रिविलाई छुट्याएको छ ।
गत वर्षभन्दा सरकारले त्रिविलाई ४ अर्ब ८० करोड रुपैयाँ कम बजेट विनियोजन गरेको छ । त्यसकारण त्रिविलाई यस वर्ष करिब ८ अर्ब ३१ करोड रुपैयाँ बजेट अपुग हुने रजिस्ट्रार शिवाकोटीले जनाए ।
अनुसन्धानका लागि ४३ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ । प्राध्यापक तथा कर्मचारीको क्षमता वृद्धिका लागि २१ करोड ७७ लाख रुपैयाँ खर्च गर्ने बजेटमा उल्लेख छ ।



-1200x5602026-10-08-04-15-34.jpeg)


तपाईको प्रतिक्रिया