Close This

प्रभाकर राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त

सोमबार श्रावण २३, २०७९/ Monday 08-08-22
Paschim Today

काठमाडौँ,२३ साउन ।  नेपाल राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा शुक्रबार भारतीय नागरिक मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय स्टार अल राउण्डर प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

यस अघि मुख्य प्रशिक्षक पुवुदु दासानायकेले राजीनामा दिएपछि नेपाली टिम कोच विहीन थियो । प्रभाकरले रणजी ट्रफि सहित भारतीय राष्ट्रिय टिमबाट ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका छन् । यस्तै, उनले अफगानिस्तान क्रिकेट टिम सहित रणजी ट्रफिमा दिल्ली, राजस्थान र युपी क्रिकेट संघमा काम गरिसकेको अनुभव छ ।