Close This

नागढुंगाबाट गाँजासहित एक पक्राउ

मंगलबार श्रावण २४, २०७९/ Tuesday 08-09-22
Paschim Today

काठमाडौं, २४ साउन । प्रहरीले नागढुंगाबाट गाँजासहित एक जनालाई पक्राउ गरेको छ। धादिङ थाक्रे गाउँपालिका-३ बस्ने २० वर्षीय तेज तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनका अनुसार मंगलबार चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगाबाट तामाङलाई पक्राउ गरिएको हो । धादिङबाट काठमाडौं आउँदै गरेको बा. ८० प १०३३ नम्बरको मोटरसाइकललाई नागढुंगामा चेक गरिएको थियो। उक्त मोटरसाइकलमा १० किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ। थप अनुसन्धानको लागि तामाङलाई प्रहरी वृत्त थानकोट पठाएको जनाइएको छ।