Close This

अमेरिकामा गौरा प्रदर्शनी हुने

बुधबार श्रावण २५, २०७९/ Wednesday 08-10-22
रमेश भट्टराई 


अमेरिका, २५ साउन । अमेरिकाको मेरिल्याण्ड राज्यमा पहिलो पटक गौरा पर्दशनी हुने भएको छ । सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्ड र नेपाली अमेरिका सास्कृतिक केन्द्र ( हिन्दू बुद्ध मन्दिर ) को सयुक्त आयोजनामा पहिलो पटक अमेरिकामा गौरा पर्दशनी हुने भएको हो । नेपालको सुदूरपश्चिम क्षेत्रको मौलिक पर्व गौराको अवसर पारि आउदो सेप्टेम्वर ४ मा हुन लागेको गौरा पर्दशनीको व्यापक तयारी शुरु भएको आयोजकले जनाएको छ । 
प्रर्दशनीलाई सफल पार्न बिभिन्न समितिहरु समेत गठन गरिएका छन । प्रर्दशनीमा गौरा पर्वको महत्व झल्किने गरि बिभिन्न पर्चा पम्पलेट वितरण गरिनुका साथै झाकिँ तथा देउडा नाचहरु प्रर्दशन गरिने भएका छन । अमेरिकामा बाक्लिदै गईरहेको नेपाली बस्ती माझ आफ्ना मौलिक चाडपर्वहरुको महत्व लोप हुन नदिन गौरा पर्दशनीको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । अमेरिकामा करिब २ लाखको हाराहारीमा नेपालीहरु रहेको अनुमान छ ।