Close This

प्रतितोला ५०० रुपैयाँले घट्यो सुनको मूल्य

बिहीबार श्रावण २६, २०७९/ Thursday 08-11-22
Paschim Today

काठमाडौं, २६ साउन । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्य तोक्दै सुनको मूल्य हिजोको तुलनामा घटेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ तोकिएको छ ।

यस्तै,आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ छ । जुन, हिजो बुधबार छापावाल सुनको मूल्य ९७ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ थियो । हिजो बुधबार सुनको मूल्य २०० ले बढेको थियो । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९०० र तेजाबी सुनको मूल्य ९६ हजार ४०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । हिजो प्रतितोला १ हजार २३० रुपैयाँ रहेको चाँदीको मूल्य आज १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।