Close This

आगामी निर्वाचनका लागि लोसपाले गर्‍यो दल दर्ता

बिहीबार श्रावण २६, २०७९/ Thursday 08-11-22
Paschim Today

काठमाडौँ,२६ साउन ।  लोकतान्त्रिक समाजवाद पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोसपाले बिहीबार आयोगमा दल दर्ता गरेको हो ।

लोसपाको मूल दर्ता नम्बर ९५–५०२ रहेको छ ।४ मंसिरमा हुने निर्वाचनका लागि गत आइतबार (२२ साउन)देखि आउँदो मंगलबार (३१ साउन)सम्म दल दर्ताको समय तोकेको छ ।