Close This

एमालेको सचिवालय बैठक सुरु

बिहीबार श्रावण २६, २०७९/ Thursday 08-11-22
Paschim Today

काठमाडौँ,२६ साउन ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु भएको हो।

जारी बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीलगायतका विषयमा छलफल हुनेछ।सत्तारूढ दल गठबन्धन गरेर चुनावी मैदानमा होमिन लागेको छ।

तर, हालसम्म गठबन्धन र तालमेलको निर्णय गरिनसकेको एमालेले चुनावी तयारी र रणनीति बनाउने विषयमा छलफल गर्न सचिवालय बैठक राखेको हो।